Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ८ जना शव फेला

काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ८ जना शव फेला

जोईन खबर

६, भाद्र २०८०
  • 736
    SHARES
  • काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा  ८ जना शव फेला
    ६ भदाै काठमाडाैँ । आज बिहान काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा  ८ जनाको शव फेला भएकाे  छ । काठमाडौंबाट बेनी जाँदै गरेको धाैवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
     
    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ । ८ जनाको मृत्यु भएको (जसमध्ये २ महिला ,६ पुरुष रहेको र मृतक मध्य ३ जनाको नाम थर खुलेको ५ जनाको खुल्न बाँकी रहेको ) उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार सो सवारी साधनमा २५ जना सवार रहेको, जीवित उद्धार गरिएका १७ मध्य १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको, १ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको प्रहरी कार्यालय गजुरीले बताएकाे छ ।
     
     
     

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १५:५९:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको