Logo

बिहिवार, श्रावण १४ गते २०८३

आईएसएफ जिम्न्यासाइडको बक्सिङमा कांस्य विजेता शेरप ग्याल्चेन शेर्पा र प्रकृती थापा सफल

आईएसएफ जिम्न्यासाइडको बक्सिङमा कांस्य विजेता शेरप ग्याल्चेन शेर्पा र प्रकृती थापा सफल

जोईन खबर

६, भाद्र २०८०
  • 775
    SHARES
  • आईएसएफ जिम्न्यासाइडको बक्सिङमा कांस्य विजेता शेरप ग्याल्चेन शेर्पा  र प्रकृती थापा  सफल

    ६ भदाै काठमाडाैँ । ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई काश्य पदक जितेको छ ।रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सोमवार सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समूहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा काश्य पदक जितेका हुन् ।दुबै खेलाडीहरुले क्वार्टर फाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्धन्दी संग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन् ।तीन राउन्डको भीडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा उनी पछि पर्न गएको थियो ।

    images

    गतवर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो ।उनका प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए ।उनले भने– “आयोजक विरुद्ध उनीहरुको घरमा खेल्न शुरुमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो। दोस्रो र तेस्रो चरणमा राम्रो खेलेपनि जित्न सकेन । दुखको कुरा हो । “तर उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।“यसैगरी प्रकृती सेमीफाइनलमा क्रोयसियाका खेलाडीसंग ’आरएससी’ आउट हुन पुगेकी हुन् ।

    पहिलो राउन्डमा उनले दुई पटक ‘काउन्ट’ खाए पछि दोस्रो राउन्ड खेल्न पाएनन् ।त्यसैगरी बास्केटबलतर्फ महिला ३ अन ३ माचिलीसंग पराजित भएपछि नेपाल बाहिरिएको छ । त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागि नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन् ।प्रतियोगितामा समावेश गरिएको १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाएको छ ।

    अन्तर्राष्ट्रिय स्कुल स्पोटर््स महासंघ (आइएसएफ) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्षअगस्ट १७ देखि २५ तारिख सम्म हुँदैछ । यो १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १६:१८:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको