७ भदौ काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न २२ को चुरियामाईमा तीर्थयात्र जाने भनेर हिडेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।बस दुर्घटनामा मृत्यु हुनेमा ७ जना मध्य ६ जना भारतीय नागरिकहरू हुन भने एक जना नेपाली रहेका खुलेको छ ।
मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छ ।
काठमाडाैँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना थप जनाकारी अाउन बाँकी रहेकाे छ ।