Logo

बिहिवार, श्रावण १४ गते २०८३

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ग्रिनफिल्ड सेमिफाइनलमा

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ग्रिनफिल्ड सेमिफाइनलमा

जोईन खबर

७, भाद्र २०८०
  • 727
    SHARES
  • दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता  ग्रिनफिल्ड सेमिफाइनलमा

    ७ भदौ काठकाडौँ । आयोजक ग्रिनफिल्ड ‘ए’ दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०–२४ ले पराजित ग¥यो ।

    images

    ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले १८ अंक जोडे ।जुनियर ब्वाइजमै ज्ञान निकेतनले पिपुल्स एकेडेमीलाई ३०–१२ तथा रेडिअन्ट पब्लिकले इडेन ब्रिज एकेडेमी    (इबीए) लाई ३०–२६ ले हराउदै सेमिफाइनलमा स्थान बनाए । ज्ञान निकेतनका दिप्सनले १२ तथा रेडिअन्टका विधानले २१ स्कोर गरे ।सिनियर ब्वाइज पनि ज्ञान निकेतनले सेमिफाइनल यात्रा तय ग¥यो ।

    ज्ञान निकेतनले द एक्सेल्सियरलाई ५१–२१ ले पाखा लगायो । ज्ञान निकेतनका आयुश रावलले १६ अंक जोडे ।सिनियर गल्र्समा रिब्स र संस्कृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सले रेडिअन्ट पब्लिकमाथि १९–१८ को कठिन जित दर्ता ग¥यो । रिब्सकी नौशिका लिम्बूले ७ अंक जोडिन् । साइ निलायम विरुद्धको खेलमा संस्कृति ३०–१८ ले विजयी भयो । संस्कृतिकी रिदिसमाले १२ स्कोर गरिन् ।

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - ११:४४:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको