Logo

बुधवार, कार्तिक १२ गते २०८३

उच्च शिक्षाको लागि जापान फुकुओकामा पुगेकी २० वर्षीय युवतीले गरिन आत्महत्या

उच्च शिक्षाको लागि जापान फुकुओकामा पुगेकी २० वर्षीय युवतीले गरिन आत्महत्या

जोईन खबर

७, भाद्र २०८०
  • 1.1K
    SHARES
  • उच्च शिक्षाको लागि जापान फुकुओकामा पुगेकी २० वर्षीय युवतीले गरिन आत्महत्या

    ७ भदाै काठमाडाैँ  । उच्च शिक्षाको लागि  जापान पुगेकी एकजना नेपाली युवतीले घरमा आमाबुवालाई भिडिओ कल गरेर आत्महत्या गरेकीहुन् । जापानको फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

    images

    पारिवारिक असमझदारीलाई कारण मानिएको छ। सोमबार साँझ याे  घटना भएको हो। नेपालीहरुले उनको कोठा आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्धार गरेका थिए। प्रहरीले अगाडि फोन राखेर झुण्डिएको अवस्थामा उनलाई फेला पारेका थिए। जहाँ फोनमा भिडिओ कल भएको पाइएको छ। उनलाई तत्कालै अस्पताल लगिएको थियो। तर उपचारका क्रममा मंगलबार बिहान निधन भएको एनआरएनएका एकजना नेता सुपेन्द्र घिसिङले बताए।

    images
    images
    images

    ती युवतीले सँगै पढिरहेका साथीलाई ५ दिनका लागि नेपाल जान लागेकाले जहाजको टिकट बुझिदिन भनेकी थिइन्। उनका भाइसमेत बिदामा नेपाल आएर फर्कन लागेका थिए। रविनाको कोठामा आत्महत्या प्रयासअघि सुसाइड नोट फेला परेका छैनन्।

     

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १७:४५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको