८ भदाै काठमाडाैँ । सुनको भाउ आज स्थिर भदौ ८ गते, छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदीको भा सस्तिएको हाे।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी शुक्रबार तोलामा १० रुपैयाँले सस्तिएको हो । आज चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ४६० रुपैयाँमा किनबेच भएकाे थियाे । याे साता चाँदीकाे मूल्य प्रतिताेला ६० रूपैयाँले उकालाे लागेकाे छ । गत शुक्रबार चाँदी प्रतिताेला एक हजार ३९० रूपैयाँमा खरिदबिक्री भएकाे थियाे ।