Logo

बुधवार, कार्तिक १२ गते २०८३

ताप्ली गाउँपालिकाले सार्वजनिक यातायात सेवा सञ्चालन

ताप्ली गाउँपालिकाले सार्वजनिक यातायात सेवा सञ्चालन

जोईन खबर

११, भाद्र २०८०
  • 796
    SHARES
  • ताप्ली गाउँपालिकाले सार्वजनिक यातायात सेवा सञ्चालन

    ताप्ली गाउँपालिकाले सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याएको छ ।  नागरिकहरुको सहजताका लागी गाउँपालिकाले सार्वजनिक सवारी सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ ।  सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने छ । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए । ुपहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौँ, उनले भने, गाउँपालिकाले  स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ । अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुरायाइदिने गरेकोे बताए । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।

    images

    प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १०:२२:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको