Logo

बुधवार, कार्तिक १२ गते २०८३

क्याम्पस प्रमुखहरू भन्छन्स् शुल्क नबढे कार्यक्रम नै खारेज हुनसक्ने अवस्था आउँछ

क्याम्पस प्रमुखहरू भन्छन्स् शुल्क नबढे कार्यक्रम नै खारेज हुनसक्ने अवस्था आउँछ

जोईन खबर

११, भाद्र २०८०
  • 775
    SHARES
  • क्याम्पस प्रमुखहरू भन्छन्स् शुल्क नबढे कार्यक्रम नै खारेज हुनसक्ने अवस्था आउँछ

    ११ भदौ काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूले शुल्क नबढे इन्जिनियरिङ कार्यक्रम नै खारेजीको अवस्थामा आउनसक्ने चेतावनी दिएका छन् । आङ्गिक क्याम्पसहरूको नाजुक आर्थिक अवस्था रहेकाले सर्वपक्षीय वार्ता र छलफलमार्फत उत्पन्न असहज परिस्थितिको समाधान खोज्न ती क्याम्पसका प्रमुखहरूले सार्वजनिक अपिल गरेका छन् । आइतबार पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस पोखरा र पूर्वाञ्चल क्याम्पस धरान गरी चार आङ्गिक क्याम्पसका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गरी शुल्क वृद्धिपछि उत्पन्न परिस्थितिको समाधान खोज्न अनुरोध गरेका हुन् । “२५ वर्षअघि पूर्ण शुल्कीय कार्य्रकम सुरु गर्दै प्रत्येक नयाँ भर्नामा १० प्रतिशत वृद्धि गर्ने नीतिगत व्यवस्था गरेता पनि कार्यान्वयन हुन सकेन । नियमित कार्यक्रममा सरकारी अनुदान सीमित भएसँगै पूर्ण शुल्कीय कार्यक्रमको आम्दानीबाट नियमित कार्यक्रम पनि चलाउने नीति अवलम्बन भयो । तर २५ वर्षदेखि शुल्क समायोजन नहुँदा नियमिततर्फ मात्र होइन, पूर्ण शुल्कीय कार्यक्रममा समेत अनुदानको आवश्यकता देखियो,” विज्ञप्तिमा भनिएको छ

    images

    IOEcampus.jpg

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १२:४४:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको