Logo

बिहिवार, श्रावण १४ गते २०८३

सातौं दक्षिण एसियाली आईटीएफ पदक विजेता खेलाडीलाई सम्मानित

सातौं दक्षिण एसियाली आईटीएफ पदक विजेता खेलाडीलाई सम्मानित

जोईन खबर

१२, भाद्र २०८०
  • 820
    SHARES
  • सातौं दक्षिण एसियाली आईटीएफ पदक विजेता  खेलाडीलाई सम्मानित

    १२ भदाै काठमाडाैँ । भक्तपुर(आईटीएफ) तेक्वान्दो संघले भारतमा भएको सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी भक्तपुरका ३ खेलाडीले २ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका थिए ।
    सविना तामाङले २ स्वर्ण र १ कांस्य, मुना राईले ३ रजत र १ कांस्य तथा रोनिका पराजुलीले २ कांस्य जितेका थिए । उनीहरुलाई संघीय सांसद् शोविता गौतम, सूर्यविनायक नगरपालिका वडा २ का अध्यक्ष प्रदीप कार्की, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, माउन्ट भ्यू इङलिस स्कुलका अध्यक्ष कृष्णगोपाल राजथला, नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य आशिष कार्कीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

    images

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १२:२९:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको