Logo

बुधवार, कार्तिक १२ गते २०८३

नगरप्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत जोशी १० जनाविरुद्ध मुद्दा दायर

नगरप्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत जोशी १० जनाविरुद्ध मुद्दा दायर

जोईन खबर

१२, भाद्र २०८०
  • 742
    SHARES
  • नगरप्रमुख  विष्ट र  प्रमुख प्रशासकीय अधिकृत  जोशी १० जनाविरुद्ध मुद्दा दायर

    १२ भदाै काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम विपरीत छुट दिएको अख्तियारको ठहर छ । 

    images

    अख्तियारका प्रवक्ता चोला दाहालका अनुसार तत्कालीन नगरप्रमुख विष्ट र नि.प्रमुख प्रशासकीय अधिकृत जोशीले महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का नम्बर १७/रोयल्टी/०७६/०७७ ठेक्कामा सम्झौता पछि  नगरप्रमुख विष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायले छ सदस्यीय कार्यदल गठन गरी सोही कार्यदलको सिफारिसको आधारमा मु.अ. करसमेत रु.१ करोड ३४ लाख, ९७ हजार, ४ सय  ५३ रुपैयाँ ८७ पैसा बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेका छन् । 

    images
    images
    images

    मेयरविष्ट र जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसूरमा एक करोड चौतीस लाख सन्तानब्बे हजार चार सय त्रिपन्न रुपैयाँ सतासी पैसा ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा घ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुनसमेत सजायको मागदावी लिइएको दाहालले बताए।

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १६:०५:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको