Logo

बुधवार, कार्तिक १२ गते २०८३

पालिका भित्रका नागरिकहरुलाई अब व्यक्तिगत घटना दर्ता घरैबाट पाउने

पालिका भित्रका नागरिकहरुलाई अब व्यक्तिगत घटना दर्ता घरैबाट पाउने

जोईन खबर

१२, भाद्र २०८०
  • 790
    SHARES
  • पालिका भित्रका नागरिकहरुलाई अब व्यक्तिगत घटना दर्ता  घरैबाट  पाउने

    १२ भदाै काठमाडाै । गोरखाको अजिरकोट गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने गरी व्यवस्था मिलाएको छ । यस चालु आर्थिक बर्ष २०८०÷०८१ देखि गाउँपालिका भित्रका सवै नागरिकहरुले घरमै बसेर अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । 

    images

    ‘जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध बिच्छेदका घटना अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहदै आएको छ, उहाँले भन्नुभयो, यसका लागि वडा कार्यालयमा धाएरै जानुपर्ने बाध्यता गाउँपालिकाबासीहरुको रहेको थियो, त्यसलाई अन्त्य गर्न गाउँपालिकाले अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको हो ।घटना दर्ताका लागि मोवाईल वा कम्युटर मार्फत विवरण अनलाइन फारम भर्न सकिनेछ ।

    images
    images
    images

    भौगोलिक हिसावले जटिल रहेको अजिरकोट गाउँपालिका भित्रका केही वडाहरुमा वडा कार्यालयसम्म पुग्न पनि घण्टौ हिड्नुपर्ने अबस्था रहेकाले नागरिकहरुलाई घरघरमा सेवा पु¥याउन घटना दर्ता अनलाईन माध्यमबाट गर्न सुरु गरिएको हो ।बसाईसराई नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकहरुका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने उहाँले बताउनुभयो । वडा कार्यालय मार्फत घटना दर्ता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था गरिएको उहाँको भनाई छ । 

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - २०:४०:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको