१५ भदाै काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ ।डिजेल÷मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।