२० भदाै काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पाकमल दाहाल प्रचण्डले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।आज हिन्दु धर्मालम्बीहरुले मनाइरहेको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएका हुन् ।सामाजिक सञ्जाल ट्विटर मार्फत सामाजिक सद्भाव,एकता र नेपालीको शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।
उनले नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।




