Logo

बुधवार, कार्तिक १२ गते २०८३

शुक्रबार काठमाडौँ महानगरमा शोक बिदा

शुक्रबार काठमाडौँ महानगरमा शोक बिदा

जोईन खबर

२१, भाद्र २०८०
  • 742
    SHARES
  • शुक्रबार काठमाडौँ  महानगरमा  शोक बिदा

    २१ भदाै काठमाडाैँ ।काठमाडौँ महानगरपालिका-१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको कारण भोलि शुक्रवार शोक बिदा दिने भएको  हाे ।उनको निधन पछि  शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो। 

    images

    डाइरेक्टर डा. विनोद विजुक्छेका भनाइ अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया भाइरल निमोनिया देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो। उपचारका क्रममा आज बिहान ७ ३० बजे रिजालको निधन भएको थिए।उनकाे जन्ममा २०२७ सालमा भएकाे थियाे । उनी २०४६ को जनआन्दोलमा प्रहरी हिरासतमा रहेका थिए। सरस्वती क्याम्पसमा पढ्दा नेविसंघमा आवद्ध भएर उनले राजनीतिमा प्रवेश गरेका थिए। 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १५:२५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको