२१ भदाै काठमाडाैँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI)को अन्तर्राष्ट्रिय शाखा‘ एनआईपीएल’द्वारा नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर (QR) भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।ग्लोबल फिन्टेक फेस्ट २०२३’ को कार्यक्रममा यो साझेदारीको सुरुवात भएको हो ।
फोनपे र एनआईपीएल (NIPL) बीचको यस सहकार्यले दुवै देशका नागरिकलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर (QR) कोड मार्फत भुक्तानी गर्न सघाउने कम्पनीको विश्वास छ ।यो सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको बताइएको छ ।
दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित कम्पनीको विश्वास छ ।