Logo

बुधवार, कार्तिक १२ गते २०८३

रबर उद्योगका सामग्री चोरी गर्ने दुईजना पक्राउ

रबर उद्योगका सामग्री चोरी गर्ने दुईजना पक्राउ

जोईन खबर

२२, भाद्र २०८०
  • 712
    SHARES
  • रबर उद्योगका सामग्री चोरी गर्ने दुईजना पक्राउ

    २२ भदाै काठमाडाैँ । गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग प्रा.लि भित्र रहेको तामाका तारहरु चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको  छ ।गोरखकाली रबर उद्योगमा चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो । 

    images

     चाेरी गर्ने  आँबुखैरेनी गाउँपालिका–३ तनहुँ जिल्ला घर भएका २० बर्षका राजकुमार मगर र ३३ बर्षका ज्ञानेन्द्र विश्वकर्मा रहेको उहाँले बताउनुभयो । ‘बिहिवार उद्योगको परिषर भित्रको स्टोरमा पसेर तामाका तारहरु चोरी गर्दै गरेको अबस्था उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

    images
    images
    images

    दुवै जनालाई चोरी तामाको तार काटिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय मझुवादेउरालीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाटै नियन्त्रण लिएको उहाँले बताउनुभयो । उनिहरु बिरुद्ध चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । प्रहरीले चोरी नियन्त्रणका लागि उद्योगमा निगरानी बढाउदै आएको छ ।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - २१:०६:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको