Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिनामंगल भन्सार कार्यालय आजबाट काम ठप्प हुने

सिनामंगल भन्सार कार्यालय आजबाट काम ठप्प हुने

जोईन खबर

२५, भाद्र २०८०
  • 628
    SHARES
  • सिनामंगल भन्सार कार्यालय आजबाट  काम ठप्प हुने

    २५ भदाै काठमाडाैँ ।  त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको हाे ।भन्सारमा कार्यरत कर्मचारीहरूले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने  माग राखे पनि  सुनुवाई नभए  पछि अाजबाट अान्दाेलन सुरू गर्ने भएका छन ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धि सम्पुर्ण कार्य बन्द गर्ने भएका हुन् ।

    images

     हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

    images
    images
    images

    ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन ।

    सीआईबीबाटै संचार माध्यमहरुलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मूख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य भएकाे छ । 

    प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - १२:२०:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको