२५ भदाै काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखविरुद्ध आफूमाथि बलात्कार गरेको आरोपमा एक युवतीको कालिमाटी प्रहरी चौकीको नाममा भएको निवेदन अहिले सामाजिक सन्जालमा चर्चामा छ ।
निवेदनमा शेखले आफूसँग असुरक्षित यौनसम्बन्ध राखी महिनौंसम्म मानसिक तनाव दिएको युवतीले उल्लेख गरेकी छन् । सम्बन्धपश्चात शेख सम्पर्कविहीन बन्दा महिनावारी रोकिएका कारण आफूले तनाव झेल्नु परेको उनको दाबी छ ।
काठमाडौं प्रहरी परिसका उपरीक्षक कुमुद ढुंगेलकाअनुसार अहिलेसम्म युवतीका तर्फबाट प्रहरीमा कुनै पनि निवेदन आएको छैन । यद्यपि सामाजिक सन्जालमा आइतबार बाहिरिएको सो निवेदनबाट ती युवतीलाई प्रहरीले सम्पर्क गरेको उनको भनाइ छ ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले पनि शेखलाई लिएर कुनै औपचारिक जानकारी नआएको जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने , सामाजिक सन्जालमै निवेदन देखिएको हो । निवेदनबारे हामीलाई कुनै औपचारिक जानकारी छैन ।