२५ भदाै काठमाडाैँ ।नेपाल टेलिकमले तिजगितमा टिकटक बनाएर पहिलाे हुने लाइ पुरस्कार दिने भएकाे छ । टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । टेलिकमको तिजको लहर गीतमा टिकटक बनाई सहभागी हुन सकिने च्यालेन्ज भदौ २४ देखि असोज ७ गतेसम्म चल्नेछ ।
च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । यस्तै, सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टपअप प्रदान गरिने कम्पनीले जनाएको छ । ।