Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलबारे आयोजकले जानकारी गराउदै

क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलबारे आयोजकले जानकारी गराउदै

जोईन खबर

२७, भाद्र २०८०
  • 712
    SHARES
  • क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलबारे आयोजकले जानकारी गराउदै

    २७ भदाै काठमाडाैँ । ग्रिनल्यान्ड माविको आयोजनामा १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।प्रतियोगितामा ३ विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन् ।

    images

    सिनियर ब्वाइजमा २८, जुनियर ब्वाइजमा १६ र गल्र्समा २४ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । समग्रमा १ सय १८ खेल हुनेछ ।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । असोज ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछ ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १७:५५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको