Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साउदी अरेबियामा ४३ नेपालीको मृत्यु

साउदी अरेबियामा ४३ नेपालीको मृत्यु

जोईन खबर

२८, भाद्र २०८०
  • 823
    SHARES
  • साउदी अरेबियामा  ४३ नेपालीको मृत्यु

    २८ भदाै काठमाडाैँ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल  पठाइएको छ । दुतावास  रियादका अनुसार पठाइएका शवहरु बर्दिया,पाल्पा, उदयपुर, मोरङ  जिल्लाका रहेका  छन्।  उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए ।

    images

    दूतावासका अनुसार साउदीमा  १ साउन २०८० देखि हालसम्म विभिन्न कारणले मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जसअनुसार साउदीको  पूर्वी क्षेत्रमा मात्र २७ जना, रियाद क्षेत्रमा १४ जना र अलकासिम क्षेत्रमा २ जना रहेका छन् । 

    images
    images
    images

    रिपोट अनुसार स्वाभाविक मृत्यु २४ ,आत्महत्या ७,ट्राफिक दुर्घटना ३ जना, कार्यस्थल दुर्घटना ४ जना, डुबेर १ जना र कारण नखुलेको ४ जना रहेका छन् ।  यस अवधिमा मृत्यु भएका जम्मा ४३ जनामध्ये ३३ जनाको शव स्वदेश फिर्ता पठाइसकेको छ। ४ जनाको गत मंगलबार पठाइएको हो भने बाँकी ६ जनाएको प्रक्रियामा रहेको छ ।

     

     

    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १२:०६:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको