२८भदाै काठमाडाैँ । नेपाल सरकारले दिने भनिएकाे खेलाडीहरूको घोषित पुरस्कार रकम भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निकासा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका हुन् ।
एसियाडमा जाने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको बताए । नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु ।’