Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसियाडी खेलकुदमा सहभागी हुने टोली प्रधानमन्त्री पुष्पकमल दाहालसंग सामूहिक तस्वीर खिचाउदै

एसियाडी खेलकुदमा सहभागी हुने टोली प्रधानमन्त्री पुष्पकमल दाहालसंग सामूहिक तस्वीर खिचाउदै

जोईन खबर

२९, भाद्र २०८०
  • 685
    SHARES
  • एसियाडी खेलकुदमा सहभागी हुने टोली प्रधानमन्त्री पुष्पकमल दाहालसंग सामूहिक तस्वीर खिचाउदै



    २९ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले टोलीलाई बिदाइ गरेका हुन् । केहि खेलका खेलाडी वैदेशिक प्रशिक्षण र उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

    images

    आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडी सहभागी हुँदै छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गर्दै ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले आफू पनि एसियाडको उद्घाटन सत्रमा सहभागी हुने जानकारी गराए ।उनले खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान हुने बताएका छन् ।

    images
    images
    images

    सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९ औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरुको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने विश्वास व्यक्त गरेका हुन् ।

    एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणबद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद नतिजा आउने सदस्यसचिव घिसिङले बताएका छन् ।युवा तथा खेलकुद मन्त्री डिगबहादुुर लिम्बुले सिंगो नेपाली जनता खेलाडीहरुको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घन्टौं सम्म लाइनमा बस्नुपर्ने दुखद अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरुका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बुले बताएका छन् ।हाङझाव एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन् । नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।

    बिदार्ईका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्र्राष्ट्रिय प्रतिस्पर्धा अगाडि समयमा नै सरकारद्वारा बजेटको सुनिश्चिता भएर नेपाली खेलाडीले तयारी गर्न पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।राखेपले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो । नेपाली टोलीको सेफ दी मिसनमा सदस्यसचिव घिसिङ तथा डेपुटी सेफ दी मिसनमा राखेप बोर्ड सदस्य अन्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन् ।

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १०:४९:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको