Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाेरखाकाे दराैँदीमा जलविद्युत् आयोजना निर्माण हुने

गाेरखाकाे दराैँदीमा जलविद्युत् आयोजना निर्माण हुने

जोईन खबर

२९, भाद्र २०८०
  • 739
    SHARES
  • गाेरखाकाे दराैँदीमा  जलविद्युत् आयोजना निर्माण हुने

    २९ भदाै काठमाडाैँ । गण्डकी प्रदेशकाे गोरखा नगरपालिका वडा न  १३  रहेकाे दरौँदी नदीमा  जलविद्युत् आयोजना निर्माण  गर्ने  भएको छ । २ अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतमा याे आयोजना निर्माण हुन लागेको हो । 

    images

    याे  आयाेजना मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा ९ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिनुभयो । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो । दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।'

    images
    images
    images

    गोरखा–१२, १३ र १४, शहीद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।

    आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडक खण्डको पहुँच क्षेत्रमा रहनेछ', आयोजनाका इञ्जिनियर अनिल नेपालले भन्नुभयो।अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।

    सार्वजनिक सुनुवाइ कार्यक्रम गाेरखाका वासीन्दाहरूकाे सुझावसमेत सङ्कलन गरिसकेको छ ।स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए ।

     

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १३:१६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको