२९ भदाै काठमाडाैँ ।अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र महासचिव बर्खास्ती सम्बन्धी साधारण सभा माग गर्दै दर्ता गरेको निवेदन छलफलका लागि एन्फा अनुशासन समितिमा पठाइएको हाे।एन्फा पूर्व अध्यक्ष कमी छिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्य संस्था (क्लव/जिल्ला)ले वर्तमान नेतृत्वले काम गर्न नसकेको र फुटबलको भविष्य झन धरासयी हुने भन्दै अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने माग गर्दै निवेदन पेस गरेका थिए ।
भदौ २५ गते दर्ता नम्बर २२२ रहेको उक्त निवेदन एन्फासा प्राप्त भएको र विशेष साधारण सभा सम्बन्धमा निवेदन छलफल गर्न तथा प्रक्रियालाई अगाडि बढाउन उक्त निवेदनलाई एन्फा अनुशासन समितिमा पठाएको व्यहोरासहित महासचिव किरण राईले निवेदनकर्ताहरुलाई शुक्रबार जानकारीसहितको पत्र पठाएका छन् ।एन्फामै निवेदन दइएको र त्यस विषयमा थप छलफल गर्न अनुशासन समितिमा पठाएको एन्फा प्रवक्ता सुरशे शाहले जानकारी दिए ।
त्यस निवेदनलाई पनि सचिवालयले हेरेर वास्तविकता के हो बुझ्नका लागि पठाएको हो’, उनले भनेनिवेदनको विषयमा सबैको वास्तविकता बुझ्न र प्रक्रिया अनुसार स्वतन्त्र तरिकाले हेरोस् भनेर अनुशासन समितिमा पठाएको हो’, शाहले भने ।यदी यो प्रक्रिया अनुसार सबै पूरा भएमा एन्फाले ३० दिनभित्र विशेष साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ ।एन्फाका ४० प्रतिशत सदस्य संस्थाले हस्ताक्षर गरेर निवेदन दिएमा ३० दिनभित्र विशेष साधारणसभा बोलाउनुपर्ने व्यवस्था छ । र त्यसमा दुई तिहाई बहुमत सदस्यले अध्यक्षको बर्खास्तीको विषयलाई पारित गरेमा बर्खास्त हुने व्यवस्था छ ।