Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहिदलखन गाउँपालिकामा बालयाैन दुव्यर्वहारको आरोपमा एक युवा पक्राउ

शहिदलखन गाउँपालिकामा बालयाैन दुव्यर्वहारको आरोपमा एक युवा पक्राउ

जोईन खबर

२, आश्विन २०८०
  • 649
    SHARES
  • शहिदलखन गाउँपालिकामा बालयाैन  दुव्यर्वहारको आरोपमा एक युवा पक्राउ

    २ असाेज काठमाडाैँ । गोरखाकाे शहिदलखन गाउँपालिका वडा न ७ बुकोटकाे ओयाकगाउँमा नाबालिकालाइ बालयौन दुव्यर्वहार गरेको आरोपमा साेही गाउँका ३० बर्षिय सुजन परियार रहेकाे गाेरखा  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवम सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    सुजन परियारले स्थानिय १६ बर्षिया ज कुमारी नाम परिर्वतन लाइ भाद्र २५ गते साँझ ५ः४५ बजेको समयमा एक्लै भएको मौका छोपी शरिरको संवेदनशील अंगहरु चलाउने गरेको प्रहरीको आरोप छ । साेही कार्य भएकाे भन्दै बालिकाको आमाले निवेदन दिए लगत्तै सुजनलाई गोरखा प्रहरीले भाद्र आइतबार पक्राउ गरेको  बताउनु भयाे । 

    images
    images
    images

    सुजनले ति बालिकालाई विभिन्न तरहले डर–त्रासमा पारी बालिकालाइ  संवेदनसिल अंगहरुमा समाउने  गरी बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरी पक्राउ गरीकाे सूचना अधिकारी  श्रेष्ठले बताउनुभयो ।पक्राउ गरीएकाे युवालाइ आइतबार नै गोरखा जिल्ला अदालतबाट म्याद थप प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको जनाउनु भयाे । 

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १०:५८:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको