Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलकाे अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा, सयौँ यात्रुको उडानमा ढिलाइ

विमानस्थलकाे अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा, सयौँ यात्रुको उडानमा ढिलाइ

जोईन खबर

२, आश्विन २०८०
  • 733
    SHARES
  • विमानस्थलकाे अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा, सयौँ यात्रुको उडानमा ढिलाइ

    २ असाेज काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा सयौँ यात्रुको उडानमा ढिलाइ भइरहेको छ । विदेशबाट फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ।

    images

    वायुसेवाहरूको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलायन्स रेप्रजेन्टेटिभ्स इन नेपाल बान का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन ।सर्भर बिग्रिएका कारण अध्यागमनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन्। यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन ।

    images
    images
    images

     विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाइ भइरहेको एक अर्का विदेशी वायुसेवाका नेपाली कर्मचारीले बताएका छन् ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १४:३८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको