२ असाेज काठमाडाैँ । नेपाल सरकारले संविधान दिवसकाे अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन गरीने भएकाे हाे । भाेली बुधबारदेखि सो बस सेवा सञ्चालनमा ल्याउने र यसकाे लागि छुटै लेन तयारकाे काम सडकमा तिव्र गतिमा भएकाे छ ।
काठमाडाैँ भित्रका सडकहरूमा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तत्कालका लागि द्रुत बस सेवाकाे समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । याे बसमा ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन अाउने छन् ।यातायात मन्त्री प्रकाश ज्वालाले सडक विभागलाई बसको आकार प्रकार, सफाइ तथा रोड पर्मिटको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।
सोही निर्देशन अनुसार द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन बनाएको हो ।द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ भने द्रुत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिनेछ ।