४ असोज काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा रहेको ताकुकोट हुडिखोला सडक खण्डमा भारी बर्षातका कारण सडक अबद्वरु भएको थिए । गोरखाबाट ताकुकोट हुदैँ सौरपानी, स्वाँर,खार्चोक भन्ज्याङ जाने सडक खण्डमा असोज १ गते राति परेको भारी बर्षाले कच्ची सडकमा भल आएर बगाएदा ताकुकोट हुडिखोला सडकमा सवारी साधन ओहोर दोहोर गर्ने गारो भएको बारपाक सुलिकोट गाँउपालिका अध्यक्षका स्वकिय सचिव रिजन बिश्वकर्माले बताउनु भयो ।

उक्त सडकमा गाउँपालिकाको मेशिनले दुई दिनसम्मा सडक सरसफाई गरी आज देखि गाेरखाबाट स्वाँरा सौरपनी बस ओहोर दोहोर हुने स्वकिय सचिव रिजन बिश्वकर्मले जानकारी दिनुभयो।