Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुख्यमन्त्री चौधरी समक्ष दशैं खर्च मागे

मुख्यमन्त्री चौधरी समक्ष दशैं खर्च मागे

जोईन खबर

४, आश्विन २०८०
  • 814
    SHARES
  • मुख्यमन्त्री चौधरी समक्ष दशैं खर्च मागे

     ४ असाेज काठमाडाैँ । राउटेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समक्ष दशैं खर्च मागेका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखिया विर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गर्दै आफ्नो समुदायका लागि दशैं खर्च दिन आग्रह गरेका हुन् ।

    images

    राउटेले समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो मुख्यमन्त्री समक्ष शाहीले भने,८६ घर जनता छ,खसी खाना सरकारले २ लाख दिनु पर्‍यो । 

    images
    images
    images

    मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २/३ दिनमा सरकारको केही सहयोग हुन्छ । राउटे शाहीले अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १४:३७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको