Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट गाउँपालिकामा ७० बर्षिया लामाकाे हत्या गरेकाेआरोपमा २ जना पक्राउ

आरुघाट गाउँपालिकामा ७० बर्षिया लामाकाे हत्या गरेकाेआरोपमा २ जना पक्राउ

जोईन खबर

५, आश्विन २०८०
  • 820
    SHARES
  • आरुघाट गाउँपालिकामा    ७० बर्षिया लामाकाे हत्या  गरेकाेआरोपमा   २ जना पक्राउ

    ५ असाेज काठमाडाैँ ।गोरखाको आरुघाट गाउँपालिका–१ मान्बु श्यामचेतमा १ जना महिलाको हत्या आरोपमा गोरखा प्रहरीले २ जनालाई पक्राउ गरेको हाे। पक्राउ पर्नेमा साेही पालिकाकाे  श्यामचेत बस्ने बर्ष ३१ को कर्मा छिरिङ लामा र बर्ष १८ को  सुपराज लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    भाद्र ३० गते  श्यामचेतकी ७० बर्षिया लामा आफ्नो  घर भित्र काठको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा फेला परेकी थिइन ।गोरखा प्रहरीले प्रहरी निरीक्षक शेखर खड्काको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पठाएको थियो ।

    images
    images
    images

    अनुसन्धानबाट देखिएको प्रमाणका आधारमा दुवै जनालाई पक्राउ गरीएको हो । उनीहरुले घरमा कोही नभएको मौका छोपी लामाको घाँटीमा डोरीले २ तर्फबाट कसी हत्या गरेको प्रारम्भीक अनुसन्धानमा दुवैले स्विकार गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

    हत्या गरे लगत्तै मृतकलाई घरको कोठामा बलोमा लाश झुण्ड्याई मृतकको कानमा रहेको सुनको रिङहरु लुटी लगेको र बिक्रि समेत गरेको खुल्न आएको छ ।दुवै जनालाई असोज ३ गते बुधबारका दिन कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको पनि प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १४:१३:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको