Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन निर्देशन

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन निर्देशन

जोईन खबर

५, आश्विन २०८०
  • 856
    SHARES
  • कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन निर्देशन

    ५ असाेज काठमाडाैँ ।शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुझाव तथा निर्देशन दिएका हुन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमाअसन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् ।

    images

    कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    रक्षा मन्त्रालयमा आज बिहान वार्ता टोलीका संयोजक गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा, नेपालका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए ।आजको बैठकमा शिक्षकका मागहरु सम्बोधन हुने गरी  वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १६:१७:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको