५ असाेज काठमाडाैँ । शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।कोही शिक्षकहरू भने नाचगानमा व्यस्त देखिन्छन्।
शिक्षकहरूको आन्दोलनलाई विद्यार्थी संगठनले पनि शिक्षकहरूको जायज माग पूरा गर भन्दै उनीहरूले माग गरेका छन्।बिहीबार साँझ आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भए पनि वार्ता बिनानिश्कर्ष टुंगिएको थियो। शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्।

बुधबारदेखि सुरू भएको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्। शिक्षा विधेयकले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले ३ दिन देखि आन्दोलन गरेका छन् ।
