Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्यानको सचिवमा यिनीहरु दुई बिच प्रतिस्प्रधा हुदैँ

क्यानको सचिवमा यिनीहरु दुई बिच प्रतिस्प्रधा हुदैँ

जोईन खबर

६, आश्विन २०८०
  • 703
    SHARES
  • क्यानको सचिवमा यिनीहरु दुई बिच प्रतिस्प्रधा हुदैँ

    ६ असाेज काठमाडाैँ । नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।

    images

    पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् ।

    images
    images
    images

    उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि  १७ सदस्य समितिकै चुनाव गरिएको हो ।आईसीसीबाट अनुमति लिएरमात्र कार्यसमितिमा पद थप्ने निर्णय भएको नवनिर्वाचित कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - १३:४३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको