८ असाेज काठमाडाैँ । सरकारले निजामती सेवामा महिलाका लागि ५० प्रतिशतमात्रै छुट्याएको हाे ।मन्त्रिपरिषद्ले गत भदौ २१ गते पारित गरेको संघीय निजामती सेवा विधेयक २०८० मा खुल्ला प्रतियोगितामार्फत् हुने पदपूर्ति मध्ये ५० प्रतिशत पदमा महिला उम्मेदवारका बीचमामात्रै प्रतिस्पर्धा गराउने प्रस्ताव गरेको छ।
खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्याइ साे ५० प्रतिशत पदमा महिलाहरूबीच मात्र र बाँकी पचास प्रतिशत पदमा उपदफा (३) बमोजिमको समूहका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराइ पदपूर्ति गरिनेछ,’ विधेयकको दफा ११ मा उल्लेख छ।
प्रस्तावअनुसार खस आर्यबाट २७ दशमलब ७ प्रतिशत, आदिवासी जनजातिबाट २५ दशमलव ७ प्रतिशत,मधेसीबाट १५ दशमलव ३ प्रतिशत, दलितबाट १२ दशमलब ७, थारूबाट ६ दशमलब ६ प्रतिशत, मुस्लिमबाट चार प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत र अपाङ्गता भएका व्यक्तिबाट ४ प्रतिशत महिलाहरूबीच प्रतष्पर्धा गराइनेछ।
निजामती सेवामा महिलाका लागि छुट्टै ५० प्रतिशत र थारू समुदायका लागि क्लष्टर छुट्याइएको पहिलोपटक हो। यस्तै बाँकी रहेको ५० प्रतिशतमा पनि छुट्टाछुट्टै क्लष्टर बनाएर प्रतिस्पर्धा गराउने प्रस्ताव सरकारले गरेको छ।जसअन्तर्गत अदिवासी जनजातिका लागि ३२ प्रतिशत,मधेसीका लागि १९,दलितका लागि १५ दशमलब ५, विपन्न खस आर्यका लागि १० प्रतिशत ,थारू समुदायबाट ९, मुस्लिम ५, पिछडिएको क्षेत्र ५ र अपाङ्गता भएका व्यक्तिलाई ४ प्रतिशत छुट्याइएको छ।
विधेयकले सम्बन्धित समूहका लागि छुट्याइएको पदमा सोही समूहबाट उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा अर्को समूहमा लिखित परीक्षा उत्तीर्ण गरेको तर सिफारिस हुन नसकेको मध्ये सबैभन्दा धेरै अंक प्राप्त गर्नेलाई सिफारिस गर्नुपर्ने प्रस्ताव विधेयकले गरेको छ।