८ असोज काठमाडौँ ।गोरखामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएले गोरखा जिल्ला भित्रका कालोपत्रे र कच्चीको सडकको भाडादर एउटै रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै ५ दिने अल्टिमेटम पत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यलय गोरखामा आज वाइसीएलले सार्वजनिक सवारी भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम साहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानालाई बुझाएको हो।
गोरखा जिल्ला भित्रका सबै सर्वसाधरणको नागरीकलाइ दैनिक जिवनमा उपयोग हुने यातयातमा विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग राखेको छ ।जिल्ला भित्रको मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्डमा जस्तै पालुङटार ,सिरानचोक गाउँपालिका क्षेत्र,गोरखा घ्याम्पेसाल ,आरुघाट सडक खण्ड लगायत सडकहरु कालोपत्रे भइसकेको लामो समय हुँदा पनि सार्वजनिक भाडादर भने कच्चिकै बराबर तिर्नु पर्ने भन्दै पक्कीको भाडादर तोक्न वाइसीएलले माग गरेको छ ।
वाइसीएलले पटक पटक जिल्ला प्रशासन कार्यलय, सरोकारवाला पक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाउदा समेत समस्या समाधान नभएकोले अब तत्काल माग सम्बोधन नभए विभिन्ना कार्यक्रम आन्दोलन जस्ता घोषणा गर्न बाध्य हुने चेतावनी दिदै प्रशासनलाई पत्र बुझाएको हुन ।त्यसै गरी गोरखाको सिरानचोक गाउँपालिका वडा न ६, महटारबाट १५ किलोमिटर दुरीमा रहेको १२ किलो बजारको बसभाडा प्रति ब्यक्ति १६० रुपैया लिदै आएको उदाहरण समेत पेश गर्दै, सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन समेत चुप बस्नु पर्नेर गोरखामा भाडादर कायम गर्ने प्रशासन नभएको जनता ले उल्लेख्य गरेका थिए ।
सार्वजनिक यातायात सेवाको नाममा मनोमानी भाडा लिने कामलाई ५ दिन भित्रमा सरोकारवालाहरुले कानुन बमोजिम नयाँ भाडादर कायम नगरिए ५ दिन पछि सार्बजनिक यातयात बन्दसम्म गर्ने चेतावनी दिएको वाइसीएलका जिल्ला सचिव रिजन विश्वकर्माले जानकारी दिनुभयो ।
यसै गरी वाइसीएलले हामीले पेस गरेको पत्रमा सरोकारवाला पक्षले नसुनेको जस्तो गरेमा वाइसीएलले छुटै कार्यक्रममा घोषण गरेको दिनमा सर्वसाधारण माथि पर्न जाने असुविधा र घट्नसक्ने सबै घटनाको जिम्मेबारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी समेत दिएको छ । वाइसीएल गोरखाका सयोजक सागर श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानालाई हस्तान्तरण गरेका छन् ।