९ असाेज काठमाडाैँ । काठमाडौँको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिट्ठी फुकेर प्रदर्शन गरेका हुन्।उनीहरूले हीजाे सडकमै सुतेर विरोध जनाएका थिए।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफूहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन गरेका छन् ।
दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकलाई स्थायी गर्ने बाटो खुला गर्नुपर्ने, अस्थायी सेवा अवधि पनि गणना गर्नुपर्ने, शिक्षा ऐन जारी गर्नुअघि नियुक्त भएका शिक्षकलाई पेन्सन व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर राहत शिक्षक आन्दोलनमा छन्।
सुरूमा राहत शिक्षकहरू पनि नेपाल शिक्षक महासङ्घको आह्वानमा आन्दोलनमा थिए। तर उनीहरूसँग सरकारले सहमति गरेसँगै राहत शिक्षकहरूले बेग्लै आन्दोलन गरिरहेका छन्।