ट्राफिक प्रहरी महाशाखाका अनुसार गत बर्ष १७ लाख हाराहारी मानिसले दशैंमा काठमाडौं छोडेका थिए । तेही भएर यातायात व्यवसायीले ६०० सय नयाँ गाडी थप्ने बताएका हुन् ।चाडपर्वलाई लक्षित गर्दै भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात विभागका कर्मचारीले सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाउन छलफल गरिरहेका छन् ।
गत शुक्रबार यातायात मन्त्रीले यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग चाडपर्वमा यात्रुलाई सहज सेवाका लागि छलफल गरेका थिए ।चाडपर्वले सबै क्षेत्रमा उत्साह ल्याउदा सार्वजनिक यातायात पनि स्वभाविक रुपमा उत्साहित छौं’ स्वारले भने ‘पुराना गाडीलाई मर्मत गर्दै थप गाडी पनि चलाउछौं ।
उनले अग्रिम टिकट बुकिङ भन्दा पनि सडकको अवस्थालाई सरकारले स्तरउन्नती गर्नुपर्ने बताए । बर्खाले देशभरका अधिकांश सडक ध्वास्त भएको र सबैभन्दा बढी गाडी चल्ने नारायणगढ-मुग्लिन सडक खण्डमा अहिलेको सबैभन्दा समस्या रहेको भन्दै मन्त्रालयलाई जानकारी गराएको अध्यक्ष स्वारको भनाइ छ । दशैंमा नयाँ बसपार्क क्षेत्र, पूर्व अरनिको यातायामा अत्याधिक भिडभाड हुने गरेको छ ।यातायात विभागका महानिर्देशक उद्धव रिजालले असोज तेस्रो साता भित्र अग्रिम टिकट बुकिङ खोल्ने प्रारम्भिक प्रस्ताव भएको तर, निर्णय नभइसकेको बताएका छन् ।