Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोक गाउँपालिकामा "मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक"

सिरानचोक गाउँपालिकामा "मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक"

जोईन खबर

१२, आश्विन २०८०
  • 763
    SHARES
  • सिरानचोक गाउँपालिकामा "मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक"

    गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । गर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धूम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए। ‘वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ’, उनले भने, ‘बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।’ वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाइ गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णय विपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए रु पाँच सय जरिवाना गरिनेछ ।

    images

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - १०:४०:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको