Logo

बिहिवार, श्रावण १४ गते २०८३

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

जोईन खबर

१२, आश्विन २०८०
  • 727
    SHARES
  • विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

    नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी अस्ट्रेलिया जाने अझै रोकिएको छैन । आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा फरवार्ड विमल घर्तिमगर पनि थपिएका छन्। विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए। सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।त्यसपछि युरोपका विभिन्न क्लबमा ट्रायल दिएका विमलले गत सिजनको लिग मछिन्द्र एफसीबाट खेलेका थिए। नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन्। पछिल्ला केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्।

    images

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ११:२२:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको