Logo

बुधवार, श्रावण १३ गते २०८३

अहिले चर्का कुरा गर्ने होइन, सामाजिक सद्भाव जोगाउने बेला हो’ सभापति  लामिछाने

अहिले चर्का कुरा गर्ने होइन, सामाजिक सद्भाव जोगाउने बेला हो’ सभापति  लामिछाने

जोईन खबर

१३, श्रावण २०८३
  • 142
    SHARES
  • अहिले चर्का कुरा गर्ने होइन, सामाजिक सद्भाव जोगाउने बेला हो’ सभापति  लामिछाने

    १३ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा सबै राजनीतिक दल र नागरिकले सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका खेल्नुपर्ने भन्दै उत्तेजनात्मक अभिव्यक्ति नदिन आग्रह गरेका छन्।

    images

    बुधबार बिहान आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुनसरी घटनापछि उत्पन्न परिस्थितिलाई सबै राजनीतिक दलले गम्भीर रूपमा लिएको बताए। उनले अहिले आरोप–प्रत्यारोपभन्दा पनि शान्ति, सद्भाव र सामाजिक एकता जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे।

    प्रधानमन्त्री र गृहमन्त्रीको बैठकमा अनुपस्थितिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकार आफ्नो जिम्मेवारीमा सक्रिय रहेको बताए। उनले प्रधानमन्त्री र गृहमन्त्री आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै त्यसलाई अनावश्यक रूपमा विवादको विषय नबनाउन आग्रह गरे।

    लामिछानेले भने,अहिले भइरहेको आन्दोलनलाई विगतका आन्दोलनसँग तुलना गर्न नमिल्ने पनि बताए। नागरिकको ज्यान गएको दुःखद घटनालाई लिएर सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

    लामिछानेका अनुसार, सुनसरी घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सबै राजनीतिक दलबीच साझा धारणा बनेको छ। त्यसैअनुसार सामाजिक सद्भाव, शान्ति–सुरक्षा र संयमता कायम राख्न सबै दलको तर्फबाट संयुक्त अपिल जारी गरिने तयारी गरिएको छ।

    उनले राजनीतिक दलहरूबीचको एकताबद्ध सन्देशले समाजमा फैलन सक्ने तनाव, द्वेष र भ्रमलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गरे।

    प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - ११:०४:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको