Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुर महानगरमा चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन

भरतपुर महानगरमा चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन

जोईन खबर

१२, आश्विन २०८०
  • 781
    SHARES
  • भरतपुर महानगरमा  चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन

    १२ असाेज काठमाडाैँ । भरतपुर महानगरपालिकालाई याे चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन गरेर  हो । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । सबै वडा र टोलमा पनि वृक्षरोपण भइरहेको हाे।

    images
    महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिइन् ।
    महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् ।
    हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ ।वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीय सहभागी भएका थिए । रासस

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - १४:५५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको