Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र जोड्ने सडकमा ठेकेदारको लापरबाही

बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र जोड्ने सडकमा ठेकेदारको लापरबाही

जोईन खबर

१४, आश्विन २०८०
  • 928
    SHARES
  • बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र जोड्ने सडकमा ठेकेदारको लापरबाही

    १४ असाेज काठमाडाैँ । गोरखाकाे बारपाक सुलिकोट गाउँपालिकाकाे   घ्याम्पेसाल  गैरिछाप देउराली ताकुकोट गाउँपालिका कार्यलय पुग्ने सडकको कालोपत्रे गर्न ठेकेदार निर्माण कम्पनीले ढिला सुस्ती गरेको भन्दै ध्यानाकर्षण गराईएको छ।

    images

     धेरै समय बिति सक्दा पनि निर्माण कम्पनीले समयमा सडक कालोपत्रे नगरेको भन्दै गोरखा जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला सिडीयो अधिकारी समक्ष आज बारपाकसुलिकोट गाउँपालीकाबाट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट वडा अध्यक्षहरु, वडा सदस्य बारपाक सुलिकोट पालीका माओबादी केन्द्रका अध्यक्ष नरबहादुर गुरुङ सहित पार्टी प्रतिनिधिहरु पुगेर तत्काल सडक कालोपत्रे गर्न अल्टिमेटम दिईएको हो।

    images
    images
    images

    गाउँपालिका प्रशासन प्रमुख अन्य कर्मचारीहरू सहित स्थानीय बासिहरू ३ घन्टा यात्रा गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।ठेकेदार निर्माण व्यबसायि कम्पनीबिरूद्द/वाइबा एण्ड जेवीका प्रतिनिधिहरू बिरूद्द र गोरखा जिल्ला सडकको गैरजिम्मेदार बिरूद्द आज डेलिकेसन सहित अल्टिमेटम दिईएको हो।

     घ्यामेसाल गैरिछाप देउराली ताकुकोट सडक कालोपत्रे गर्न काम छिटै सक्न ठेकेदारलाई छिटो जिल्ला प्रशासन कार्यालयले एक्सन गर्न र यसको समाधान गर्न अल्टिमेटम दिएको छ।यदी काम गर्न ढिला सुस्ती भयमा जिल्ला सडक कार्यालय र कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई जन्ताले जनकार्बाही गर्ने समेत उनिहरुले बताए ।

    माओवादी केन्द्रका अध्यक्ष नरबहादुर गुरुङले समयमै कम्पनीले सडक कालोपत्र नगरे जन्ताले कालोमोसो दल्ने र जनकार्बाही गर्बे बताए।उनले समन्वय प्रमुख र जिल्ला सिडीयोलाई ध्यान आकर्षण गराउदै भने केही दिनबाट काम सुरू गर्न बारपाक सुलिकोटले अल्टिमेटम दिएको छ ।

    जन्ताले दु:ख पाउने र जन्ता आक्रोशले जनकार्बाही गरेमा यसको जिम्मेवारी जिल्ला प्रशासन र सडक डिभिजन गोरखाले लिनुपर्ने छ् वडाअध्यक्ष गुरुङले भने ।हामी जन्ताको हितमा लडेको र जन्ताको सेवा गर्न राजनीतिक गरेको हो। जन्ताको सेवा गर्न गाउँपालिका अध्यक्ष भएको हो। 

    यस्तै सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जिल्ला समन्वय प्रमुख र जिल्ला प्रशासन प्रमुखले प्रतिबद्दता सहित छिटै निचोडमा जानुपर्ने अन्यथा गाउँपालिकाले एक्सन लिनुपर्ने समय आउन सक्ने बताए ।करिब ७० जना भन्दा बढी उपस्तिथि स्थानीय र जनप्रतिनिहरू आक्रोश अवस्थामा प्रस्तुत भएका थिए ।अबकाे केही दिन भित्र हामीलाइ निर्णय दिनु पर्ने पनि उहाँ हरूकाे भनाइ छ ।

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २१:४५:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको