Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई युवा संगठनले भ्रष्टाचार बिरुद्धको ६ बुदेँ माग गर्दै समस्या समाधान पत्र बुझाए

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई युवा संगठनले भ्रष्टाचार बिरुद्धको ६ बुदेँ माग गर्दै समस्या समाधान पत्र बुझाए

जोईन खबर

१५, आश्विन २०८०
  • 781
    SHARES
  • गोरखाका प्रमुख जिल्ला अधिकारीलाई युवा संगठनले भ्रष्टाचार बिरुद्धको ६ बुदेँ माग गर्दै  समस्या समाधान पत्र बुझाए

    १५ असाेज काठमाडाैँ ।गाेरखामा विप्लप नेतृत्व ,नेकपा माओवादी केन्द्र भातृसंगठन ,युवा संगठन नेपालकाे सहमतिमा जिल्ला समिति गोरखामा भएकाे जनजिविका र भ्रष्टाचारका बिरुद्धमा६ बुदेँ माग सहित आज प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराउदै पत्र बुझाएका छन् ।

    images

    यस संगठनले जिल्ला प्रशासन कार्यालय गोरखामा पुगेर प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई जनजिविका र भ्रष्टाचार, कालोबजारी, महंगी रोक्न,सार्वजनिक सवारी भाडादर सामायोजन गर्न माग गर्दै कार्यालयमा पुगेर पत्र  हस्तान्तरण गरेका थिए ।संगठनले दिएकाे  पत्रमा बजारमा खाद्यबस्तु लुकाई कृतिम अभाव सृजना गरिएको र राज्यद्वारा निर्धारित गरिएको मुनाफा २०% भन्दा कैयौं गुणा मुनाफा लिएर चरम कालोबजारी भइरहेको उल्लेख गरिएको छ ।

    images
    images
    images

    यसकाे नियन्त्रण र कार्बाही गरी जनतालाई सहज वातावरण सृजना गर्न पनि संगठनले माग गरेको छ । संस्थागत तथा व्यक्तिगत भ्रष्टाचार, कमिसन वा कुनै पनि प्रकारले राज्यका सम्पतीहरुको नियन्त्रण गर्नु र कार्बाहिको दायरामा ल्याउन प्रशासनको मुख्य दायित्व रहेको भन्दै ध्यानाकर्षण पत्रमा समस्याहरुको समाधान गर्न जनाउदै माग पत्र पेश गरेकाे हाे ।जिल्ला संगठनका  संयोजक राजकुमार सीको नेतृत्वकाे टिमले  प्रमुख जिल्लाअधिकारी दिनेशसागर भुसाललाई ध्यानकर्षण पत्र बुझाइएको पार्टीका जिल्ला इन्चार्ज कपिल सीले बताउनु भयाे ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १७:०४:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको