Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा देखि घ्याम्पेसाल पाँचखुवा देउराली पन्द्रुङ्ग ताकुकोट सम्माको ८ किलोमिटर सडक ठेक्का सम्झौता भएको तिन बर्ष हुदा पनि सडकको अवस्था शून्य

गोरखा देखि घ्याम्पेसाल पाँचखुवा देउराली पन्द्रुङ्ग ताकुकोट सम्माको ८ किलोमिटर सडक ठेक्का सम्झौता भएको तिन बर्ष हुदा पनि सडकको अवस्था शून्य

जोईन खबर

१६, आश्विन २०८०
  • 4.9K
    SHARES
  • गोरखा देखि घ्याम्पेसाल पाँचखुवा देउराली पन्द्रुङ्ग ताकुकोट सम्माको ८ किलोमिटर सडक ठेक्का सम्झौता भएको तिन बर्ष हुदा पनि सडकको अवस्था शून्य

    १६ असाेज काठमाडाैँ । गण्डकी प्रदेश गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यालयसम्मा पुग्ने मुख्यसडक जसमा घ्याम्पेसाल,पाँचखुवा देउराली,पन्द्रुङ्ग,ताकुकोट सडकखण्ड कालोपत्रे निर्माण गर्ने भनि  तीनबर्ष अगाडी नै ठेकका सम्झौता हुदा पनि काम भने ठेकेदारको लापरवाहीका कारण सडकको काम भएको छैन् ।गोरखा पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी बिचको सम्झौता  भए अनुसार ठेकेदार भएको कम्पनीले २०७९ साउन महिनामा सडक निर्माणको काम सक्यौ पर्ने थियो, तर सम्झौता अनुसार ठेकेदार कम्पनीले काम गरेन । अहिले उक्त सडकमा दैनिक यात्रा गर्ने यात्रु र सवारी साधनहरुले मात्र नभई पदैल यात्रीहरुले समेत दु ख कष्ठ खेप्दै आउनु परेको छ ।

    images

    सडकमा बनेका खाल्डाखुल्टी र पानी परे पछि हिलाम्मे सडकका कारण सवारी साधनहरु गन्तव्यमा  पुग्न पनि काहाँ कति बेला बस्नु पर्ने र पानी परेपछि करिब ८किलोमिटर दुरी पार्न गर्नका लागि चर्को घाम नलागेसम्म पर्खिनु पर्ने बाध्यताले सवारी चालक, यात्रुहरु सवै दु खी भएको छन् । पानी पर्दा गाडी ओहोरदोहोर गर्न पनि गारो हुने र अझ भने हो भने त एक बर्षमा ६महिना मात्र सवारी साधन गुड्ने पनि हुन्छ भने कूरा बारपाक सुलिकोट गाउँपालिका वडा न ८ पन्द्रुङ्गका निवासी अमर गुरुङ्गले बताउनु भयो ।  ठेकेदारले समयमा काम सम्पन्न गरेको भए अहिले सडक कालोपत्रे भएको डेढ दुई बर्ष भइसक्थ्यो तर अझै कहिले बाट सुरु भएर कहिले सकिने हो  टुङ्गो भएको छैन् । 

    images
    images
    images

    ठेकेदारको लापरवाहीले गाउँपालिकाको कार्यालय सम्मा र वडा कार्यालयहरुमा सेवा लिन जाने सेवाग्राहीले उत्तिकै  दु ख पाउनु परेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्ट ज्यूले बताउनुहुन्छ ।अध्यक्ष भट्ट  भनु हुन्छ ,हामीले पटक पटक ठेकेदार कम्पनी बोलाएर काम समयमा सम्पन्न गर्न भन्यौ, उहाँले भन्नुभयो,‘तर निर्माण व्यवसायीले अटेरी गरेर सडक निर्माणको काम शून्य भयो अगाडी बढ्न सकेको छैन ।
    उक्त सडकखण्ड निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी २०८० बैशाखमा सकिनु पर्ने, तर ठेकेदार कम्पनीले अहिलेसम्म पनि नाला निर्माण र दायाँबाँया कटिङ्गको काम समेत पुरा गरेको छैन । म्याद थप गरेको ६ महिना बितिसक्दा समेत काम गर्न ढिला गरिरहेको भन्दै त्यहाँका स्थानीबासी र जनप्रतिनिधिहरु आक्रोसित समेत भएका छन् ।

    उक्त सडक निर्माणका लागि बिरुवा÷वाईवा एण्ड लामा जेभीले २९ करोड ७७ लाख रुपैयामा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ८ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा कम्पनीले पाएको हो । समयमा काम नभएपछि गाउँपालिका अध्यक्ष सहितको जनप्रतिनिधि र स्थानीयबासीको टोलीले आइतवार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल पूर्वाधार विकास कार्यालयका प्रमुख सहितको उपस्थितीमा ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर समयमा काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् ।

    उनिहरुले जिल्ला प्रशासन कार्याललाई समेत ठेकेदार कम्पनीलाई दबाब दिन र यसको समाधान गर्न अल्टिमेटम दिएका छन् । छलफलमा गाउँपालिका अध्यक्ष भट्टले आफुहरु जनताको हितमा लडेको र जनताको सेवा गर्न राजनीति गरेको भन्दै जनतामाथी खेलवाड गर्नेहरु ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो ।उक्त सडकखण्ड निर्माण सम्पन्न नहुँदा बारपाक सुलिकोट गाउँपालिको केन्द्र सहित वडा नम्बर ८ पन्द्रुङ्ग, वडा नम्बर ७ देउराली, वडा नम्बर ६ ताकुर  गाउँपालिका कार्यालयसम्म पुगेर सेवा लिन  समेत कठिन भएको छ ।

    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १२:०२:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको