१६ असाेज काठमाडाैँ । सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोभिड-१९ महामारीपछि हजाराैँ संख्यामा उडान भएको हाे ।
विमानस्थलका अनुसार सोमबार १ सय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट अवतरणको तालिका रहेको थियो । साथै अन्तर्राष्ट्रियमा दैनिक यात्रु चाप १४ हजार ५ सय पुगेको छ ।
पछिल्ला दिनमा चार्डर्ट उडानको संख्यामा समेत उल्लेख्य वृद्धि भएको विमानस्थलले जनाएको छ ।चाडबाडको समयमा आफ्नो मुलुक फर्कने नेपालीसँगै पर्यटकको आवागमनसमेत बढ्दा अहिले उडानमा चाप रहेको छ