१७ असाेज काठमाडाैँ । पृथ्वी राजमार्ग धादिङकाे गजुरी गाउँपालिका वडा न २ मजुवामा बाटाे क्रस गर्दै गर्दा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङकाे सिद्धलेक गाउँपालिका वडा न ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका बताएका छन् ।
धादिङ प्रहरीका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छन् । थप अनुसन्धान हुदै प्रहरीले जानकारी दिनुभयाे ।