१७ असाेज काठमाडाैँ । विद्युतीय सिगरेट मार्फत ९ किलो सुन तस्करी समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हाे ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले बताएका हुन् ।
दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।
भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।