Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको उत्तरी चुमनुव्रीका नागरिकलाई आजबाट चीनको सीमा प्रवेश अनुमती पत्र वितरण

गोरखाको उत्तरी चुमनुव्रीका नागरिकलाई आजबाट चीनको सीमा प्रवेश अनुमती पत्र वितरण

जोईन खबर

१७, आश्विन २०८०
  • 1.0K
    SHARES
  • गोरखाको उत्तरी चुमनुव्रीका नागरिकलाई आजबाट चीनको सीमा प्रवेश अनुमती पत्र वितरण

    १७ असाेज काठमाडाैँ । गोरखा जिल्लाको उत्तरी चुमनुव्री गाउँपालिकाकाे स्थानीय बासिन्दाहरूलाइ आजबाट  चीनको सीमा प्रवेश अनुमती पत्र बोर्डर पास बुक वितरण हुने भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवास स्थित इलाका प्रशासन कार्यालयबाट उनीहरुलाई पास वितरण हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

    images

    पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिवास पुगेको छ । नासु बिश्व रोका मगर र कम्प्यूटर अपरेटर सिता गुरुङ टोलीमा समावेश छन् । आज सिर्दिबास आइपुग्यौ,’ सहायक  प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘भोली बिहानबाट पास वितरण शुरु गर्छौ ।

    images
    images
    images

    गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार पास छपाइ गरिएको बताइएको छ । उक्त पासको म्याद एक बर्षको हुने सहायक प्रजिअ रानाले बताए । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उनले भने । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उनले बताए । 

    बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए ।गृहमन्त्रालयले निर्देशन दिएपछि पास वितरण गर्न लागिएको हो । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १५:०४:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको