१७ असोज काठमाडौँ गोरखाको बारपाक सुलिकोट गाउँपालिकालेआज देखि जग्गाको कित्ताकाट खुल्ला गर्ने भएको छ । गोरखा जिल्लामा २ वटा नगर पालिका ९ वटा गाउँपालिका मध्ये बारपाक सुलिकोट पालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको छ ।
गाउँपालिकामा भू उपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधानअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्षका स्वकिय सचिव रिजन विश्ववकर्मा जानकारी दिनु भयो । गाउँपालिका क्षेत्रभित्रका जग्गालाई नौ भागमा वर्गीकरण गरिएको जसमा कृषि, व्यावसायिक, सांस्कृतिक तथा पुरातात्त्विक, वनक्षेत्र, नदी खोला, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासीयसहित नौ भागमा जग्गा वर्गीकरण गरिएको गाउँपालीका का प्रवक्ता शुभ प्रभात नेपाली जित बहादुरले बताउनु भएको छ । गाउँपालिकामा नापी विभागले उपलब्ध गराएको नापी नक्सामा कतिपय कित्ता नम्बर नबुझिने भएकाले त्यसलाई पनि हालको मापदण्डअनुसार नै भूउपयोग क्षेत्रमा वर्गीकरण गरिएको उहाँले जानकारी दिनु भयो ।

यस कित्ताको हकमा कुनैपनि जग्गा धनीले स–प्रमाण पेस गरेमा सम्बन्धित वडाले अद्यावधिक गरी सिफारिस दिनुपर्ने र सोही समयमा त्यस्ता कित्ताको परिमार्जन तथा अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको थियो । गाउँपालीकाका प्रवक्ता शुभ प्रभात नेपाली जित बहादुरले गाउँपालिकाक्षेत्रभित्रका जग्गाको वर्गीकरण गरी स्थानीय भूउपयोग परिषद्को बैठकबाट स्वीकृतसमेत भइएको जानकारी दिनु भयाे । पालिकाको स्वीकृत भूउपयोग क्षेत्र वर्गीकरण २०८० मा स्थानीय राजपत्रमा २०८०/ ०६/ १५ मा भूउपयोग परिषद्, जिल्ला भूउपयोग परिषद्, नापी विभाग, नापी कार्यालय र मालपोत कार्यालयमा पठाउने निर्णय बमोजिम सबैलाई पठाइ सकिएको छ। उहाँकाे भनु भाे